भरतपुर,१५ जेठ ।
सरकारले कृषि क्षेत्रमा आगामी आर्थिक वर्ष २०७९र८० का लागि ५५ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ । आइतवार अर्थमन्त्री जनार्दन शर्माले सासंदमा प्रस्तुत गरेको आगामी आवको बजेटमार्फत आगामी आर्थिक वर्ष कृषि उत्पादन र उत्पादकत्व बढाउन कृषि उत्पादनको अभियान वर्षका रुपमा मनाइने समेत जानकारी गराए ।
र्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट पेस गर्दै किसानलाई समयमै मल, बीउ, सिँचाई उपलब्ध गराउने बताएका छन् । साथै, उनले रकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ ।




