भरतपुर,१५ जेठ ।
सरकारले आगामी आर्थिक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।
आयात प्रतिस्थापन गर्ने र उत्पादन बढाउने मुख्य उद्देश्य राखेर बजेट ल्याइएकोमा उद्योग क्षेत्रमा १० अर्ब ४८ करोड विनियोजन गरिएको हो ।
विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउनुका साथै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याइएको छ ।





