चितवनका तीन क्षेत्रमा क–कसको उम्मेदवारी ?

भरतपुर, २३ असोज आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । चितवनको प्रतिनिधिसभा निर्वाचनतर्फ तीन वटै क्षेत्र र प्रदेशतर्फ ६ वटा क्षेत्रमा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । चितवनको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता डा. विश्व पौडेलले उम्मेदवारी दर्ता गराएका […]
प्रतिनिधिसभा र प्रदेशसभाका लागि देशभर कतिले दिए उम्मेदवारी ?

काठमाडौँ, २३ असोज आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि देशैभर आज उम्मेदवारी दर्ता गरिएको छ । प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रका लागि देशैभर विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा कुल २ हाजर १२८ जनाले उम्मेदवारी दिएका छन्। जसमा १ हजार ९३७ जना पुरूष र […]
चितवन–१ र ३ को गठबन्धनमा गडबडी, कांग्रेसभित्र ‘हेभीवेट’ बागी

भरतपुर, २३ असोज सत्ता गठबन्धनमा रहेका ४ दलले लोकतान्त्रिक समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेका छन् । देशव्यापीरूपमा गठबन्धनको मर्मअनुसारै उम्मेदवारी दिइए पनि चितवनको दुईवटा क्षेत्रमा गडबडी देखिएको छ । चितवनका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र ३ मा गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसबाट बागी परेका छन् । प्रचण्डले छोडेपछि नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारीलाई […]
नवलपुर-१ मा एमालेका कृष्ण पौडेलको उम्मेदवारी

कावासोती, २३ असोज । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेका उम्मेदवारको रुपमा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट पौडेलले मनोनयन दर्ता गरेका हुन् । कावासोतीस्थित पार्टी कार्यालयबाट नारा जुलुस सहित जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगि उनले उम्मेदवारी दर्ता […]
`द्वारिका नेपाल गजल स्मृति पुरस्कार´ गजलकार मुक्त उदासलाई

भरतपुर, २३ असोज । युवा गजलकार मुक्त उदास सम्मानित हुने भएका छन् । गजल मञ्च चितवनले पहिलोपटक प्रदान गर्न लागेको `द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०७९´ युवा गजलकार उदासलाई दिने निर्णय गरेको हो । पुरस्कारको राशी १०,०००/- रुपैयाँ र सम्मानपत्र रहेको छ । गजल मञ्च चितवनका तत्कालीन अध्यक्ष द्वारिका नेपालको गत वर्षको असोज महिनामा मस्तिष्कघातका कारण […]
भागेर अर्को निर्वाचन क्षेत्रमा जाने छैन : पाण्डे

भरतपुर, २३ असोज । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । प्रस्तावकमा उमाकान्त पौडेल र समर्थकमा गणेश बराल रहेका छन् । २०७० सालमा पाण्डे तत्कालिन चितवन–५ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । साविक ५ नम्बर क्षेत्र हाल चितवन–३ मा पर्छ । २०७४ […]
चितवन – १ बाट नेपाली कांग्रेसका नेता डा. पौडेलको उम्मेदवारी दर्ता

भरतपुर, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता डा. विश्व पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनीसँगै नेकपा एमालेका सुरेन्द्र पाण्डे पनि चुनावी मैदानमा छन् । यता सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले पनि स्वतन्त्र उमेदवारी […]
प्रतिनिधिसभा निर्वाचनमा आफूले ५० हजार मत प्राप्त गर्ने उम्मेदवार डा. अधिकारीको दाबी

भरतपुर, २३ असोज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन जिल्लाको निर्वाचन क्षेत्र नं ३ का गठबन्धन उम्मेदवार डा. भोजराज अधिकारीले आफूसँग ५० हजार पोपुलर मत रहेको दाबी गरेका छन् ।.आइतबार उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै उनले त्यसो भनेका हुन् । “यो क्षेत्रमा १ लाख १५ हजार मतदाता छन् । १ लाखलाई त उपचार मात्रै गरेको […]
घन्टी बजाएर रविले गरे उम्मेदवारी दर्ता

भरतपुर, २३ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । उनी दिउँसाे साढे २ बजे निर्वाचन अधिकृतकाे कार्यालय भरतपुर पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उनकाे चुनाव चिह्न घन्टी हाे । उनका समर्थक घन्टी बजाउँदै ‘रवि दाइ हाइहाइ’ भन्दै पुगेका थिए । याे […]
चितवन–३ मा कांग्रेसका दिनेश कोइरालाको बागी उम्मेदवारी

भरतपुर, २३ असोज । चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले बागी उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराउँदै छन् । यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा […]
१० हजार मतान्तरले जित्ने पोखरेलको दाबी

भरतपुर, २३ असोज । नेकपा एमालेका प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पाेखरेलले १० हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका छन् । निर्वाचन अधिकृतकाे कार्यालय भरतपुरमा उम्मेदवारी दर्ताका लागि प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग बाेल्दै उनले उक्त कुरा बताएका हुन् । २०७४ सालकाे निर्वाचनमा यही क्षेत्रबाट चुनाव जितेका उनकाे मुख्य भीडन्त सत्ता गठबन्धनका साझा […]
चितवन-१ मा काँग्रेसको विद्रोह: प्रदेश ‘क’ बाट धनबहादुर गुरुङले स्वतन्त्र उम्मेदवारी दिँदै

खैरहनी, २३ असोज । चितवन क्षेत्र नम्बर-१ ‘क’ तर्फ धनबहादुर गुरुङले उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसबाट प्रदेशसभा ‘क’ को लागि आकांक्षा राखेका गुरुङले आज मनोनयन दर्ताको दिन स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रदेश-१ ‘क’ मा किरण वलीले टिकट पाएका छन् । नेपाली काँग्रेस चितवन क्षेत्र नं.१ ‘क’ समितिले सिफारिस नगरेको व्यक्तिले […]
रवि लामिछानेले २ बजे मनाेनयन दर्ता गर्ने

भरतपुर, २३ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । उनी दिउँसाे २ बजे निर्वाचन अधिकृतकाे कार्यालय भरतपुर पुगेर उम्मेदवारी दर्ता गर्दै छन् । याे क्षेत्रमा एमालेका कृष्णभक्त पाेखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ उठ्दैछन् ।
राप्रपाले चितवनका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै

भरतपुर, २३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवनका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, चितवन–१ मा राप्रपा बागमती प्रदेशका सहसचिव मधुपकुमार भट्टराई माधव र चितवन–२ मा सफल युवा व्यवसायी तथा राप्रपा नेता रविन […]
टिकट नपाएपछि चितवन-१ मा राजेन्द्र बुर्लाकोटीको विद्रोह, स्वतन्त्र उम्मेदवारी दिने

राप्ती, असोज २३ चितवन क्षेत्र नम्बर १ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ टिकट नदिए पछि आज मनोनयन दर्ताको दिन उनले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । यस उम्मेदवारीलाई उनले बिद्रोहको रुपमा लिएका छन् । चितवन-१ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेसबाट विश्व पौडेलले टिकट पाएका छन् । काँग्रेसले […]
चितवन १ मा विश्व पौडेल, २(ख)मा उत्तम जोशी

भरतपुर, २३ असोज आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ प्रतिनिधिसभामा नेपाली कांग्रेसले डा. विश्व पौडेललाई उठाउने भएको छ । डा. स्वर्णिम वाग्लेले टिकट पाउने चर्चा भएको उक्त क्षेत्रमा अन्तिममा पौडेलले टिकट पाएको स्रोतले बताएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा अब उनको भीडन्त नेकपा एमालेका सुरेन्द्र […]
उम्मेदवार बन्न कति धरौटी बुझाउनुपर्छ ?

भरतपुर, २३ असोज आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ । देशभरबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज गर्न लागिएको हो । समानुपातिकका लागि भने दलहरूले सूची बुझाइसकेका छन् । आज दलहरूले बिहान १० देखि अपराह्न ५ बजेभित्र उम्मेदवाहरुले मनोनयनपत्र निर्वाचन […]
२०७९ असोज २३ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
कमल थापा मकवानपुर १ बाट सूर्य चिह्न लिएर लड्ने

भरतपुर, २३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर- १ बाट एमालेको समर्थनमा चुनाव लड्ने भएका छन् । शनिबार बिहान झापा जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेका अध्यक्ष थापाले सूर्य चिह्न लिएर चुनाव लड्ने गरी सहमित गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । यसअघि मकवानपुर क्षेत्र नम्बर १ बाट […]