भरतपुर, २३ असोज ।
नेकपा एमालेका प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पाेखरेलले १० हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका छन् ।
निर्वाचन अधिकृतकाे कार्यालय भरतपुरमा उम्मेदवारी दर्ताका लागि प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग बाेल्दै उनले उक्त कुरा बताएका हुन् ।
२०७४ सालकाे निर्वाचनमा यही क्षेत्रबाट चुनाव जितेका उनकाे मुख्य भीडन्त सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठसँग हुँदैछ । यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने पनि चुनाव लड्दै छन् ।
नेकपा एमालेबाट चितवन २ प्रदेशसभातर्फ भने ‘क’ मा कृष्ण सिलवाल र ‘ख’ मा देवी ज्ञवालीले उम्मेदवारी दिएका छन् ।





