सुनसरी झडपपछि सुरक्षा नेतृत्व फेरियो, अनिश्चितकालीन कर्फ्यु

विराटनगर, ११ साउन ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपपछि सरकारले जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएर नयाँ नेतृत्व खटाएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ भने ९ सर्वसाधारण, १० नेपाल प्रहरी र ५ सशस्त्र प्रहरीसहित २४ जना घाइते भएका छन् ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाएको छ । यस्तै, कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर उनको स्थानमा डिआइजी शेखर खनाललाई जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी केशव थेवेको स्थानमा एसपी पुष्पराज मल्ल, सशस्त्र प्रहरीका एसपी श्यामकुमार कार्कीको स्थानमा एसपी लवकुमार सापकोटा तथा डिएसपी नन्दकिशोर महतोको स्थानमा डिएसपी मदननाथलाई पठाउने निर्णय गरिएको छ ।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

स्थिति नियन्त्रणमा लिन तथा थप अप्रिय घटना हुन नदिन देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट