भरतपुर, ११ साउन ।
नयाँ नेपाली सांगीतिक भिडियो ‘हराएका सपनाहरू’ (Harayeka Sapana Haru) सार्वजनिक हुने भएको छ । निर्माण पक्षले सोमबार फस्ट लूक सार्वजनिक गर्दै गीत तथा भिडियोको रिलिज मिति घोषणा गरेको हो ।
नवलपरासी (बर्दघाट – सुस्ता पूर्व) का समीर सुवेदीको शब्द रहेको गीतमा महेश ज्ञवालीको संगीत तथा प्रवेश ढकालको स्वर रहेको छ ।
सार्वजनिक पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता देव सरकार फिचर भएका छन् । उनीहरूको जोडी र रोमान्टिक प्रस्तुति दर्शक तथा श्रोतामाझ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
दिनेश बस्नेतको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालले छायांकन (DOP) गरेका छन् भने विकास दाहालले सम्पादन गरेका छन् । पोस्टर ‘सन्तोष डिजाइन’ले तयार पारेको हो ।
यो म्युजिक भिडियो OSR Digital को आधिकारिक युट्युब च्यानलमार्फत आगामी जुलाई ३१ मा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।




