चितवनका तीन क्षेत्रमा क–कसको उम्मेदवारी ?

भरतपुर, २३ असोज
आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

चितवनको प्रतिनिधिसभा निर्वाचनतर्फ तीन वटै क्षेत्र र प्रदेशतर्फ ६ वटा क्षेत्रमा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । चितवनको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता डा. विश्व पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । खैरहनी नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गरेका हुन् ।

सत्ता गठबन्धनबाट प्रदेश १ (क) नेपाली कांग्रेसका किरणभूषण सिंह वली र (ख) मा नेकपा एसका कृष्ण खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

यता नेकपा एमालेबाट चितवन १ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्। मातृ शोकमा रहेका पाण्डेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

२०७० सालको संविधानसभा सदस्य निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहीँ क्षेत्रबाट पाण्डे विजयी भएका थिए। चितवनको क्षेत्र नम्बर १ मा एमालेबाट प्रदेशतर्फ (क) एमाले नेता जेएन थपलिया र (ख)मा प्रकाश खनाल शैलेसले उम्मेदवारी दर्ता गरेका छन् ।

यो निर्वाचन क्षेत्रमा चितवनका राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्छन्।

चितवनको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट नेता कृष्णभक्त पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका उनीसँगको प्रतिस्पर्धाको लागि सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रूपमा कांग्रेस नेता उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनको क्षेत्र नम्बर २ को सत्तारुढ गठबन्धनबाट प्रदेश (क) बाट माओवादी नेता घनश्याम दाहाल र कांग्रेस नेता उत्तम जोशी (ख) मा उम्मेदवारको रूपमा रहेका छन् । यस्तै एमालेबाट प्रदेश २ (क) मा कृष्णप्रसाद सिलवाल र देवी ज्ञवालीले (ख) बाट उम्मेदवारी दर्ता गरेका छन् ।

चितवन क्षेत्र नम्बर ३ बाट सत्तारुढ गठबन्धनबाट चिकित्सक डा. भोजराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

यस्तै राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले पनि यही क्षेत्रबाट चुनाव लड्न उम्मेदवारी दर्ता गराएका छन् । गत २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बाम गठबन्धनबाट चुनाव लडेर पाण्डेलाई हराएका थिए ।

चितवन ३ मा नेकपा एमालेले प्रदेश (क) तर्फ कृष्ण भुर्तेल र (ख) मा सरस्वती विष्टलाई उम्मेदवार बनाएको छ । यस्तै सत्तारुढ गठबन्धनले कांग्रेसका नेता प्रदेश (क)प्रा.डा. सूर्यकान्त घिमिरे र (ख) मा माओवादी नेता ठाकुर ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै राप्रपबाट (क)गीर ब तामाङ र (ख) रिना गुरुङ उम्मेदवार रहेका छन् ।

यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्छ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट