भरतपुर, २३ असोज
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ प्रतिनिधिसभामा नेपाली कांग्रेसले डा. विश्व पौडेललाई उठाउने भएको छ ।
डा. स्वर्णिम वाग्लेले टिकट पाउने चर्चा भएको उक्त क्षेत्रमा अन्तिममा पौडेलले टिकट पाएको स्रोतले बताएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा अब उनको भीडन्त नेकपा एमालेका सुरेन्द्र पाण्डेसँग हुनेछ ।
नेपाली कांग्रेसले प्रदेशसभा चितवन २(ख) मा उत्तम जोशीलाई उम्मेदवार बनाउने भएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा उनको भीडन्त अब नेकपा एमालेका देवी ज्ञवालीसँग हुनेछ । प्रदेशसभा २(क) मा भने नेकपा माओवादी केन्द्रबाट घनश्याम दाहाल उम्मेदवार बन्नेछन् ।
उम्मेदवारहरूको मनोनयन आज १० बजेदेखि ५ बजेसम्मलाई तोकिएको छ ।





