नवलपुर-१ मा एमालेका कृष्ण पौडेलको उम्मेदवारी

कावासोती, २३ असोज ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा एमालेका उम्मेदवारको रुपमा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट पौडेलले मनोनयन दर्ता गरेका हुन् । कावासोतीस्थित पार्टी कार्यालयबाट नारा जुलुस सहित जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगि उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको मुख्य भिडन्त सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका संशाक कोइरालासँग हुँदैछ ।

मनोनयन दर्तापछि संचारकर्मीसँग कुरा गर्दै पौडेलले आफ्नो उम्मेदवारी नवलपुरबासीको परिवर्तनको चाहनालाई आफ्नो क्षेत्रका मतदाताले मङ्सिर ४ मा सूर्य चिन्हमा मतदान गरि प्रकट गर्ने तथा पुराना प्रतिनिधिले यहाँको विकास निर्माणमा टेवा पुर्‍याउन नसकेकोले आफूलाइ मतदान गरि विजय गराएमा नवलपुरबासीको सपना पूरा गर्ने समेत बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट