घन्टी बजाएर रविले गरे उम्मेदवारी दर्ता

भरतपुर, २३ असाेज ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् ।

उनी दिउँसाे साढे २ बजे निर्वाचन अधिकृतकाे कार्यालय भरतपुर पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उनकाे चुनाव चिह्न घन्टी हाे ।

उनका समर्थक घन्टी बजाउँदै ‘रवि दाइ हाइहाइ’ भन्दै पुगेका थिए ।

याे क्षेत्रमा एमालेका कृष्णभक्त पाेखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ उठ्दैछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट