भरतपुर, २३ असाेज ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् ।
उनी दिउँसाे २ बजे निर्वाचन अधिकृतकाे कार्यालय भरतपुर पुगेर उम्मेदवारी दर्ता गर्दै छन् ।
याे क्षेत्रमा एमालेका कृष्णभक्त पाेखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ उठ्दैछन् ।





