प्रतिनिधिसभा र प्रदेशसभाका लागि देशभर कतिले दिए उम्मेदवारी ?

काठमाडौँ, २३ असोज
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि देशैभर आज उम्मेदवारी दर्ता गरिएको छ । प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रका लागि देशैभर विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा कुल २ हाजर १२८ जनाले उम्मेदवारी दिएका छन्। जसमा १ हजार ९३७ जना पुरूष र १९१ जना महिला छन्।

प्रदेश सभातर्फ २ हजार ६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २ हजार ८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।

आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो। अहिले सार्वजनिक गरेको विवरण पनि कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगले प्रष्ट्याएको छ।

सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन्। यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन्।

प्रदेश १मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्‍डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन्।

दर्ता भएका उम्मेदवारको सूची आजै निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्नेछ। सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरूद्ध उजुरी दिन सकिने तालिका छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट