राप्तीमा गठबन्धनबाट मेयरमा शमशेर र उपमेयरमा देवेन्द्र लामाको उम्मेदवारी दर्ता

राप्ती, १२ वैशाख । राप्तीमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मेयरमा शमशेर लामाले उम्मेदवारी दर्ता गरेका छन् । लामाले गठबन्धनको तर्फबाट सोमबार उम्मेदवारी दर्ता गरेका हुन् । उनले सातौँ नम्बरमा उम्मेदवारी दर्ता गरेका छन् । लामाको प्रस्तावकमा कुबेर लामा र समर्थकमा बाबुराम पाठक रहेका छन् । शमशेर लामा नेकपा एस राप्ती नगर कमिटीका नगर अध्यक्ष […]

राप्ती एमालेको तर्फबाट मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनुका पाठकको उम्मेदवारी दर्ता

राप्ती, १२ वैशाख । चितवनको राप्ती नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट गोविन्दप्रसाद कँडेल र उपप्रमुखमा मेनुका पाठकले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयन दर्ताको दोस्रो दिन सोमबार उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् । जसमा प्रमुख पदका उम्मेदवार गोविन्दप्रसाद कँडेल चार नम्बरमा र उप प्रमुख पदका उम्मेदवार मेनका पाठकको उम्मेदवारी तीन नम्बरमा दर्ता भएको छ । नगर […]

भरतपुरमा एमाले र राप्रपाको चुनावी तालमेल, मेयरमा एमालेबाट सुवेदी र उपमेयरमा राप्रपाबाट गुरुङले गराए मनोनयन दर्ता

भरतपुर, १२ वैशाख । स्थानीय निर्वाचनमा भरतपुरमा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् । तालमेल पूर्व नै मेयरको टुंगो लगाएको एमालेले भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका तर्फबाट विजय सुवेदीले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । सुवेदीले उम्मेदवारी दर्ता गराउन जानुपूर्व बिपी कोइराला, मदन भण्डारी र जीवराज आश्रितको शालिकमा फूल चढाएका थिए । उपमेयरमा […]

चितवनका सातै पालिकामा मनोनयन दर्ता शान्तिपूर्ण

चितवन, १२ वैशाख । चितवनका सात वटै पालिकामा स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सबै पालिकामा पार्टीगत र स्वतन्त्र उम्मेदवारी परेका छन् । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका तर्फबाट विजय सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । सुवेदीले उम्मेदवारी दर्ता गराउन जानुपूर्व बिपी कोइराला, मदन भण्डारी र जीवराज आश्रितको […]

बागी उम्मेदवारी फिर्ता नलिए कार्वाही गर्छौँ – कांग्रेस सभापति खनाल

भरतपुर, १२ वैशाख । भरतपुरमा नेपाली कांग्रेसका असन्तुष्टले बागी उम्मेदवारी दिएको विषयमा जिल्ला सभापति राजेश्वर खनालले त्यसरी उम्मेदवारी दिनेलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । खनालले पार्टीको नीति विपरीत बागी उम्मेदवारी दर्ता गराउने जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने पनि खनालले बताएका छन् । उनले […]

बागी उम्मेदवारबाट कुनै असर पर्दैन – रेनु दाहाल

भरतपुर, १२ वैशाख । सत्ता गठबन्धनका तर्फबाट भरतपुरमा मेयरको उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गरिने बताएकी छन् । सोमबार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि पराजित गर्छौं ।’ कांग्रेसको बागी उम्मेदवारबाट आफूलाई कुनै असर नपर्ने दाबी दाहालको छ । […]

भरतपुर मेयरमा माओवादीकी रेनु दाहालले दर्ता गरिन् उम्मेदवारी

भरतपुर, १२ वैशाख । चर्चा र चासोको रूपमा हेरिएको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । भरतुरको निवर्तमान मेयरसमेत रहेकी दाहालले सोमबार ठूलो संख्याका नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकी हुन् । उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी […]

गठबन्धनको निर्णय नमानेका पूर्वसांसद पौडेलले दिए भरतपुरको मेयरमा उम्मेदवारी

भरतपुर, १२ वैशाख । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसका असन्तुष्ट कार्यकर्ताको जुलुससहित सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । जिल्ला पार्टी कार्यालयमा आइतबार भएको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उनलाई उम्मेदवार बन्न कांग्रेसका […]

मनोनयन दर्ता गर्न रिक्सा चढेर आए विवेकशील साझाका उम्मेदवार

भरतपुर, १२ वैशाख । भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा विवेकशील साझा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार प्रविण काफ्ले र उपमेयरकी उम्मेदवार पुष्पा सापकोटा इ–रिक्सा चढेर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । उनीहरुले हातमा पार्टीको चुनाव चिह्न तराजु पनि बोकेका थिए ।

भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदीको उम्मेदवारी दर्ता

भरतपुर, १२ वैशाख । नेकपा एमालेबाट भरतपुर महानगरका लागि मेयर पदमा उम्मेदवारी दिएका विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् । सोमबार मूख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर सुवेदीले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि एमालेका कार्यकर्ताहरु बाजागाजासहित मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

गैँडाकोटको मेयरमा एमालेका छत्रराज पौडेलले गराए उम्मेदवारी दर्ता

गैँडाकोट, १२ वैशाख । नेकपा एमालेका तर्फबाट गैँडाकोट नगरपालिकाको मेयर पदमा छत्रराज पौडेलले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । गैँडाकोट नगरपालिकामा मेयरको कार्यकाल पुनः दोहोर्‍याउन चाहेका पौडेलको प्रस्तावकमा यमुनाथ आचार्य र समर्थकमा षडानन्द लामिछाने रहेका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई पुनः मेयर पदमा उठाउने निर्णय गरेकोले मेयरमा पौडेलको उम्मेदवारी परेको नेकपा एमाले […]

कांग्रेसबाट भरतपुरमा अधिकारी उपमेयर उम्मेदवार

भरतपुर, १२ वैशाख । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्रमान बिजुक्छेलाई उम्मेदवार बनाउने भएको छ । पोखरामा सत्ता गठबन्धनमा रहेका दलहरूबीच चुनावी तालमेल हुँदा मेयर नेकपा एकीकृत समाजवादीले पाएको छ भने भरतपुरमा माओवादी केन्द्रले मेयर पद पाएकाे छ । केन्द्रबाट त्यस्तो निर्णय भएको भन्दै […]

खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात

काठमाडौँ, १२ वैशाख । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ का रुपमा सङ्ज्ञा दिइन्छ । नेपालको कूल गार्हस्थ उत्पादन ९जिडिपी०मा कृषि क्षेत्रको योगदान […]

भक्तपुरका ठूला दलले उम्मेदवार टुङ्ग्याए

भक्तपुर, १२ वैशाख । ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो । कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी भक्तपुर नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला, […]

‘करको दायरा बढाउने, दर घटाउने’ कांग्रेसको नीति

काठमाडौँ, १२ वैशाख । नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्धान्तको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ । कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा सो कुरा उल्लेख छ । ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा व्यवसाय र उद्यममैत्री कर र करको दर, स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधाका आधारमा […]

सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो […]

माडी उपप्रमुखमा पौडेलको उम्मेदवारी

माडी, १२ वैशाख । माडी-१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले माडी नगरपालिकाको नगर उपप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भए पनि कार्यकालको उत्तरार्धमा पार्टीबाट राजीनामा दिई स्वतन्त्र रहेका पौडेलले नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिने बताएका हुन् । युवा पुस्तामाझ लोकप्रिय र वडामा जनप्रिय काम गरेपनि पार्टीको आन्तरिक शक्ति संघर्षमा पछाडि पर्दा उम्मेदवारमा […]

गठबन्धन बैठक बालुवाटारमा जारी

भरतपुर, १२ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गरिरहेको भन्दै त्यसलाई गठबन्धन […]

आज पनि मनोनयनपत्र दर्ता, उम्मेदवारको सूची आजै प्रकाशन गर्ने

काठमाडौं, १२ वैशाख । रासस स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् । निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोयन प्रक्रिया शुरु भएको थियो […]

फ्रान्सको रास्ट्रपतिमा पुनः म्याक्रो निर्वाचित

भरतपुर, १२ वैशाख । फ्रान्समा फेरी एकपटक राष्ट्रवादी दक्षिणपन्थी विचार पराजित भएको छ । फ्रान्सको राष्ट्रपतिय निर्वाचनमा इमानुएल म्याक्रो पुनः निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी मेरिन ले पेनलाई ठूलै मतान्तरले हराउँदै उनी विजयी भएका हुन् । कूल मतको ५८ दशमलव ५५ प्रतिशत प्राप्त गरेर उनी विजयी भएका हुन् । उनका निकट प्रतिस्पर्धी ले पेनले […]

पोखरामा एमालेले अघि सारेका पौडेलको टिकट खोसियो, कृष्ण थापा नयाँ उम्मेदवार

पोखरा, १२ वैशाख । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा अघि सारेका दीपक पौडेलको टिकट खोसेको छ । नयाँ उम्मेदवारका रूपमा कृष्ण थापालाई टिकट दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । एमालेले पोखरा महानगरको मेयर उम्मेदवार बनाइएका पौडेललाई जोडेर अहिले एउटा भिडिओ भाइरल भइरहेको […]

भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

भरतपुर, १२ वैशाख । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । आइतबार दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हाे । भरतपुरकाे मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]