गठबन्धन बैठक बालुवाटारमा जारी

भरतपुर, १२ वैशाख ।
सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।

गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गरिरहेको भन्दै त्यसलाई गठबन्धन भित्र नै तालमेल गरेर अघि बढ्नुपर्नेमा बैठकले जोड दिने नेताहरुले बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकैदिन हुँदैछ । निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट