पोखरामा एमालेले अघि सारेका पौडेलको टिकट खोसियो, कृष्ण थापा नयाँ उम्मेदवार

पोखरा, १२ वैशाख ।
नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा अघि सारेका दीपक पौडेलको टिकट खोसेको छ । नयाँ उम्मेदवारका रूपमा कृष्ण थापालाई टिकट दिएको छ ।

शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । एमालेले पोखरा महानगरको मेयर उम्मेदवार बनाइएका पौडेललाई जोडेर अहिले एउटा भिडिओ भाइरल भइरहेको छ ।

पौडेलले पृथ्वीसुब्बा गुरुङ प्यानलबाट टिकट पाएका थिए । यतिबेला पौडेलको टिकट फिर्ता लिएर खगराज अधिकारी निकट थापालाई टिकट दिइएको छ ।

उपमेयरमा भने पुनः मञ्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताए पनि अहिले मौन छिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट