भरतपुर, १२ वैशाख ।
भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा विवेकशील साझा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मेयरका उम्मेदवार प्रविण काफ्ले र उपमेयरकी उम्मेदवार पुष्पा सापकोटा इ–रिक्सा चढेर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । उनीहरुले हातमा पार्टीको चुनाव चिह्न तराजु पनि बोकेका थिए ।





