भरतपुर, १२ वैशाख ।
स्थानीय निर्वाचनमा भरतपुरमा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।
तालमेल पूर्व नै मेयरको टुंगो लगाएको एमालेले भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका तर्फबाट विजय सुवेदीले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । सुवेदीले उम्मेदवारी दर्ता गराउन जानुपूर्व बिपी कोइराला, मदन भण्डारी र जीवराज आश्रितको शालिकमा फूल चढाएका थिए ।
उपमेयरमा कसलाई उठाउने बारेमा केही निर्णय नगरेको एमालेले अन्ततः राप्रपालाई सघाउँदै उपमेयरको पदमा राप्रपालाई सहयोग गर्ने भएको छ ।
सोही अनुसार भरतपुरको उपमेयरमा एमाले र राप्रपाबाट तालमेलबाट हिमाला गुरुङले मनोनयन दर्ता गराएकी छिन । उनी राप्रपाकी जिल्ला उपाध्यक्ष हुन् ।





