माडी उपप्रमुखमा पौडेलको उम्मेदवारी

माडी, १२ वैशाख ।
माडी-१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले माडी नगरपालिकाको नगर उपप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भए पनि कार्यकालको उत्तरार्धमा पार्टीबाट राजीनामा दिई स्वतन्त्र रहेका पौडेलले नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिने बताएका हुन् ।

युवा पुस्तामाझ लोकप्रिय र वडामा जनप्रिय काम गरेपनि पार्टीको आन्तरिक शक्ति संघर्षमा पछाडि पर्दा उम्मेदवारमा उनको नाम सिफारिस हुन सकेको थिएन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट