भरतपुर मेयरमा माओवादीकी रेनु दाहालले दर्ता गरिन् उम्मेदवारी

भरतपुर, १२ वैशाख ।
चर्चा र चासोको रूपमा हेरिएको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

भरतुरको निवर्तमान मेयरसमेत रहेकी दाहालले सोमबार ठूलो संख्याका नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकी हुन् ।

उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साथ रहेको छ ।

त्यस्तै भरतपुरको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

अधिकारी २०७४ को निर्वाचनमा महानगरको वडा नम्बर २१ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी अहिले कांग्रेसको भरतपुर महानगरपालिका सभापति हुन् ।

गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ । भरतपुरका २० वडा कांग्रेस, ५ वडा माओवादी र ३ वडा एकीकृत समाजवादीको भागमा परेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट