कांग्रेसबाट भरतपुरमा अधिकारी उपमेयर उम्मेदवार

भरतपुर, १२ वैशाख ।
नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्रमान बिजुक्छेलाई उम्मेदवार बनाउने भएको छ ।

पोखरामा सत्ता गठबन्धनमा रहेका दलहरूबीच चुनावी तालमेल हुँदा मेयर नेकपा एकीकृत समाजवादीले पाएको छ भने भरतपुरमा माओवादी केन्द्रले मेयर पद पाएकाे छ । केन्द्रबाट त्यस्तो निर्णय भएको भन्दै पोखरा र भरतपुरमा त्यसको चर्को विरोध भइरहेको छ । यसबीच सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको उपमेयरमा बिजुक्छेलाई अघि सारेका हुन् ।
भरतपुरको विषयमा भने यसअघि नै नेताहरुबीच सहमति भइसकेको थियो ।

बिजुक्छे पोखरा महानगर कार्यसमितिका सभापति हुन् भने अधिकारी भरतपुर महानगरसमितिका सभापति हुन् । पोखरामा उपमेयरका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोपिला रानाभाटको नाम अघि सारेका थिए । तर, सभापति देउवाले महानगर सभापति बिजुक्छेलाई नै उम्मेदवार बनाउने अडान लिएका हुन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट