राप्तीमा गठबन्धनबाट मेयरमा शमशेर र उपमेयरमा देवेन्द्र लामाको उम्मेदवारी दर्ता

राप्ती, १२ वैशाख ।
राप्तीमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मेयरमा शमशेर लामाले उम्मेदवारी दर्ता गरेका छन् । लामाले गठबन्धनको तर्फबाट सोमबार उम्मेदवारी दर्ता गरेका हुन् । उनले सातौँ नम्बरमा उम्मेदवारी दर्ता गरेका छन् । लामाको प्रस्तावकमा कुबेर लामा र समर्थकमा बाबुराम पाठक रहेका छन् । शमशेर लामा नेकपा एस राप्ती नगर कमिटीका नगर अध्यक्ष हुन् ।

त्यस्तै गठबन्धनको उपमेयरमा देवेन्द्र लामाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको तर्फबाट देवेन्द्रले उम्मेदवारी दर्ता गराएका छन् । उनले पाचौँ नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी पनि गठबन्धनको उपमेयरको साझा उम्मेदवार हुन् । आइतबार लामो छलफलपश्चात् उनलाई उपमेयरमा उठाउने निर्णय गरेको थियो । लामाको प्रस्तावकमा बुधमाया पुन मगर र समर्थकमा लक्ष्मण पौडेल रहेका छन् ।

गठबन्धनको भागबन्डामा राप्तीको मेयर समाजवादी र उपमेयर काँग्रेसलाई परेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट