फ्रान्सको रास्ट्रपतिमा पुनः म्याक्रो निर्वाचित

भरतपुर, १२ वैशाख ।
फ्रान्समा फेरी एकपटक राष्ट्रवादी दक्षिणपन्थी विचार पराजित भएको छ । फ्रान्सको राष्ट्रपतिय निर्वाचनमा इमानुएल म्याक्रो पुनः निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी मेरिन ले पेनलाई ठूलै मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

कूल मतको ५८ दशमलव ५५ प्रतिशत प्राप्त गरेर उनी विजयी भएका हुन् । उनका निकट प्रतिस्पर्धी ले पेनले भने ४१ दशमलव ४५ प्रतिशत मत प्राप्त गरेकी छन् ।
आफ्नो पराजयका बावजुद पनि ले पेनले आफूले प्राप्त गरेको मतले इतिहास कायम राखेको दाबी गरेकी छन् ।

आफ्नो दल ‘नेसनल र्‍याली’ले प्रतिनिधित्व गर्ने विचारले नयाँ उचाई हासिल गरेको उनले जिकिर गरेकी छन् । म्याक्रोको विजयलाई युरोपेली नेताहरूले स्वागत गरिरहेका छन् ।

ले पेन मूलतः अतिराष्ट्रवादी दक्षिणपन्थी नेता हुन् । उनको सम्भावित विजयले युरोपेली युनियनका नीतिको विपक्षमा फ्रान्स जानसक्ने त्रासमा रहेका युरोपेली नेताहरू म्याक्रोको विजयबाट प्रसन्न छन् ।

“फ्रान्स र युरोप सँगसँगै अगाडि बढ्नेछन्”, युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेल लेयेनले भनेकी छन् ।

युक्रेनका राष्ट्रपति भोल्दोयेमर जेलेन्स्कीले पनि म्याक्रोलाई ‘सच्चा साथी’ भन्दै बधाई दिएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले पनि उनको विजयको स्वागत गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट