बागी उम्मेदवारी फिर्ता नलिए कार्वाही गर्छौँ – कांग्रेस सभापति खनाल

भरतपुर, १२ वैशाख ।
भरतपुरमा नेपाली कांग्रेसका असन्तुष्टले बागी उम्मेदवारी दिएको विषयमा जिल्ला सभापति राजेश्वर खनालले त्यसरी उम्मेदवारी दिनेलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

खनालले पार्टीको नीति विपरीत बागी उम्मेदवारी दर्ता गराउने जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने पनि खनालले बताएका छन् । उनले असन्तुष्ट समूहलाई कांग्रेस केन्द्रीय परिपत्रअनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म फिर्ता नभए कारबाही हुने बताए ।

पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा आज उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसका असन्तुष्ट कार्यकर्ताको जुलुससहित सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

जिल्ला पार्टी कार्यालयमा आइतबार भएको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उनलाई उम्मेदवार बन्न कांग्रेसका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मीना खरेलले समर्थन गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट