गैँडाकोटको मेयरमा एमालेका छत्रराज पौडेलले गराए उम्मेदवारी दर्ता

गैँडाकोट, १२ वैशाख ।
नेकपा एमालेका तर्फबाट गैँडाकोट नगरपालिकाको मेयर पदमा छत्रराज पौडेलले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । गैँडाकोट नगरपालिकामा मेयरको कार्यकाल पुनः दोहोर्‍याउन चाहेका पौडेलको प्रस्तावकमा यमुनाथ आचार्य र समर्थकमा षडानन्द लामिछाने रहेका छन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई पुनः मेयर पदमा उठाउने निर्णय गरेकोले मेयरमा पौडेलको उम्मेदवारी परेको नेकपा एमाले गैँडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कँडेलले जानकारी दिए ।
पौडेलको उम्मेदवारीमा प्रस्तावक रहेका आचार्य नेकपा एमालेका जिल्ला उपसचिव हुन् । गैँडाकोटको मेयर पदमा उनले पनि आकांक्षा राखेका थिए । पार्टीले पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि आचार्य प्रस्तावक बनेका हुन् ।

मुलुक संघीयतामा गएपछिको पहिलो स्थानीय निर्वाचनमा पाँच वर्षअघि नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्र आलेलाई पराजित गर्दै छत्रराज पौडेल मेयर भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट