गैंडाकोट प्रमुखमा नेपाली काँग्रेसले मदनभक्तलाई बनायो उम्मेदवार

गैंडाकोट, ११ वैशाख । नेपाली काँग्रेसले गैंडाकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेस महासमिति सदस्य एवं पुराना नेता मदनभक्त अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । अधिकारीलाई गठबन्धनका सहयोगी दलहरुको पनि समर्थन रहने बुझिएको छ । त्यस्तै नेपाली काँग्रेसले कावासोतीमा महेन्द्र पोखरेल, देवचुलीमा अशोक बस्ताकोटी र मध्यविन्दुमा सूर्य गुरुङलाई उम्मेदवार बनाएको छ ।

को हुन् एमाले राप्तीका मेयर उम्मेदवार कँडेल ?

राप्ती, ११ वैशाख । एमालेले राप्तीको मेयरमा गोविन्दप्रसाद कँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले बागमती प्रदेश समितिले राप्तीको मेयरमा कँडेललाई चयन गरेको हो । ६७ वर्षीय कँडेलको पारिवारिक पृष्ठभूमि एमाले नै हो । २४ वर्षको उमेरबाट राजनीतिलाई नजिकबाट नियालेका कँडेलको राजनीतिक जीवन लामो रहेको छ । हाल उनी एमाले बागमती प्रदेश कमिटी सदस्य […]

भरतपुरको मेयरमा कांग्रेसका पाण्डेद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

भरतपुर,११ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहितजङ पाण्डेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धन दलको तर्फबाट भरतपुरको मेयर माओवादीलाई दिएकोमा असन्तुष्ट बनेका उनले आइतबार दिउँसो मूख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पाण्डे कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवं नेपाल तरुण दल चितवनका सह–सचिव हुन् । उम्मेद्वारी दिँदै पाण्डेले भरतपुर काँग्रेसको […]

भरतपुर महानगरको प्रमुखमा ११ जनाको उमेद्वारी

भरतपुर,११ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मनोनयनको पहिलो दिन आइतबार भरतपुर महानगरको मेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । ती उम्मेद्वारहरुमध्ये ६ जना राजनीतिक दलबाट र ५ जनाले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले महानगरको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट […]

`विजयराज आचार्यका बालकृतिहरूको अध्ययन´ विमोचन

प्युठान, ११ वैशाख । साहित्य परिषद् प्युठानको नवौं अधिवेशन सम्पन्न भएको छ । प्युठानको विजुवारमा आयोजित अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन गर्‍यो । सोही अवसरमा समालोचक प्रमोद प्रधानद्वारा लिखित “विजयराज आचार्यका बालकृतिहरूको अध्ययन” समालोचनाग्रन्थको विमोचन गरिएको छ । विजयराज आचार्यका बालसखाहरु प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्य […]

विवेकशील साझाबाट भरतपुरको मेयरमा काफ्ले उठ्ने

भरतपुर,११ वैशाख । विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो । भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन् । भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन् […]

भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसबाट पूर्वसांसद पौडेलले उम्मेदवारी दिने घोषणा

भरतपुर,११ वैशाख । आसन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयर माओवादीलाई दिने गठबन्धनले निर्णय गरेपछि असन्तुष्ट बनेका कार्यकर्ताले काँग्रेसको तर्फबाट मेयरमा पूर्वसांसद जगन्नाथ पौडेललाई उठाउने घोषणा गरेका छन् । आइतबार काँग्रेसको पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको असन्तुष्ट समूहको भेलामा बोल्दै महाधिवेशन प्रतिनिधिसमेत रहेकी नेता मीना खरेलले पूर्वसांसद पौडेललाई उम्मेद्वार उठाउने प्रस्ताव गरेकी हुन् । खरेलले गरेको […]

भरतपुरमा एमालेबाट मेयरका उम्मेदवार सुवेदीको प्रतिबद्धता: रेल कुदाउनेदेखि नि:शुल्क स्वास्थ्य जाँचसम्म

भरतपुर,११ वैशाख । नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका विजय सुवेदीले २४ पृष्ठ लामो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पाँच वर्षे कार्यकालको लागि ल्याएको महत्वकांक्षी प्रतिबद्धताभित्र रेल सञ्चालनदेखि अपूरो रंगशाला निर्माणसम्मका प्रतिबद्धताहरू छन् । भरतपुर–रामपुर–मेघौली तथा भरतपुर–गीतानगर–जगतपुर जस्ता महानगरका मुख्य रुटहरूमा ट्रली बस, ट्राम तथा शहरी रेल प्रणालीको सम्भाव्यताबारे अध्ययन गर्ने, र सम्भव […]

नेपाली कांग्रेसको सङ्कल्प सार्वजनिक, नगर्ने काम नभन्ने

काठमाडौँ, ११ वैशाख । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कांग्रेसले महामन्त्री […]

चितवनका पालिकामा एमालेले टुङ्गो लगायो उम्मेदवार

भरतपुर,११ वैशाख । चितवनका सात पालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । भरतपुरको मेयर पहिल्यै नि बिजय सुवेदीलाई उठाउने निर्णय भइसकेको अवस्थामा अन्य ६ पालिकाको उम्मेदवार पनि एमालेले आज टुङ्गो लगाएको हो । भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको एमाले चितवनका सचिव प्रकाश ढुङ्गानाले जानकारी दिए । भरतपुर महानगरको […]

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

भरतपुर, ११ वैशाख । निर्वाचन लड्न चाहनेहरूले देशका ७ सय ५३ पालिकामध्ये आफ्नो पालिकामा आजदेखि उम्मेदवारी दिन सक्नेछन् । निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमार्फत बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । यसअघिका स्थानीय तह […]

राप्रपाले पत्रकार गिरिश गिरीलाई वीरगञ्ज मेयरको उम्मेदवार बनाउने

भरतपुर, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्जको मेयरमा पत्रकार तथा लेखक गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ । पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल मेयर पदको उमेदवार तय भएको उनले बताए । गिरी संस्कृतिविद् सत्यमोहन जोशीको […]

चिसाप अध्यक्षमा संस्थापक खनाल निर्वाचित

भरतपुर, ११ वैशाख । चितवन साहित्य परिषद्को अध्यक्षमा साहित्यकार केदारनाथ खनाल चयन भएका छन् । सुरेन्द्र अस्तफलको अध्यक्षतामा शनिबार परिषद् भवन नारायणगढमा सम्पन्न १२औँ साधारणसभा तथा अधिवेशनले परिषद्का संस्थापक समेत रहेका पूर्व अध्यक्ष खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा गणेश श्रमण, सचिवमा शान्ति शर्मा, कोषाध्यक्षमा पदमप्रसाद अर्याल र सहसचिवमा नवराज […]

कवि सुप्रदीप्ति भण्डारी सम्मानित

भरतपुर, ११ वैशाख । युवा स्रस्टा कवि सुप्रदीप्ति भण्डारी सम्मानित भएकी छन् । साहित्य सङ्गम चितवनले ‘गणेश-लक्ष्मी-खड्गनारायण स्मृति पुरस्कार२०७९´ बाट भण्डारीलाई सम्मान गरेको हो । शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि भाषाविद् डा चूडामणि बन्धुले नगद १५१११ रुपैयाँसहित सम्मानपत्रले भण्डारीलाई सम्मान गरेका हुन् । पुरस्कार संस्थापक रामहरि श्रेष्ठले आफ्ना अभिभावकको नाममा यो पुरस्कार स्थापना गरेका हुन् […]

एसपीएम प्रजातन्त्रवादी प्राध्यापक संघको आयोजनामा शुभकामना एवम् परिचयात्मक कार्यक्रम सम्पन्न

गैंडाकोट, ११ वैशाख । शनिवार एक कार्यक्रमका बीच सूर्यभक्त पतनादेवी मेमोरियल (एसपिएएम) कलेज गैँडाकोटले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कलेजको प्रजातन्त्रवादी प्राध्यापक संघ सभापति गोविन्द रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् कलेजका संरक्षक मदनभक्त अधिकारीले कलेजले गरेको प्रगतिको खुलेर प्रशंसा गरे । कार्यक्रममा […]