भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसबाट पूर्वसांसद पौडेलले उम्मेदवारी दिने घोषणा

भरतपुर,११ वैशाख ।

आसन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयर माओवादीलाई दिने गठबन्धनले निर्णय गरेपछि असन्तुष्ट बनेका कार्यकर्ताले काँग्रेसको तर्फबाट मेयरमा पूर्वसांसद जगन्नाथ पौडेललाई उठाउने घोषणा गरेका छन् ।

आइतबार काँग्रेसको पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको असन्तुष्ट समूहको भेलामा बोल्दै महाधिवेशन प्रतिनिधिसमेत रहेकी नेता मीना खरेलले पूर्वसांसद पौडेललाई उम्मेद्वार उठाउने प्रस्ताव गरेकी हुन् । खरेलले गरेको प्रस्तावलाई उपस्थित भेलाले ताली बजाएर सर्वसम्मत गरेको थियो । उक्त भेलामा बोल्दै काँग्रेसका संस्थापक सभापति कृष्णलाल सापकोटाले यो लडाइ पार्टीविरुद्ध नभइ पार्टी एकताको लागि काँग्रेसले उम्मेद्वारी उठाएको बताए ।

मेयरमा उम्मेद्वारी प्रस्ताव गरिएपछि भेलामा बोल्दै पौडेलले मुलुक भ्रष्टचारले सकिएको बताए । अहिले काँग्रेस बचाउन आफूहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनले बताए । सम्बोधन गर्दै उनले भने, ‘सतिसाल भएर उभिएको छु । म मासिउँला तर बिक्तिन, म कहिल्यै मैदान छोडौँला तर कुनै भ्रष्टचारीलाई ठाउँ छोड्दिन ।’

 

भेलामा बोल्दै काँग्रेसकी नेतृ मिना खरेलले गठबन्धनलाई बिचलित गराउने नभइ पार्टीको आस्था सिद्दान्त अनुसार यो खालको कदम उठाउन बाध्य भएको बताइन् । काँग्रेसले काँग्रेसकै चिन्हमा मत हाल्न पाउनुपर्ने नैसर्गिक अधिकार रहेको उनको भनाइ थियो । उनले भनिन् ‘काँगे्रसको चुनाव चिन्ह रुख लिएर जो मैदानमा उत्रन्छ उसैलाई यो त्यो नभनी मत हाल्नेछु । यदि त्यसरी मत हाल्दा पार्टीले जुनसुकै कारवाही गरेपनि म भोग्न तयार छु ।’

भेलामा बोल्दै तरुण दल जिल्लाका संस्थापक अध्यक्ष शम्भु अर्यालले अहिले भइरहेको निर्णयलाई विद्रोहको रुपमा नलिन आग्रह गरे ।
उम्मेद्वारी मनोनयन दर्ताको दोस्रो दिन सो समूहले दिनको १ बजे भरतपुरको चौबिसकोठीमा भेला भइ निर्वाचन अधिकृतको कार्यालय जाने निर्णय गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट