स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

भरतपुर, ११ वैशाख ।
निर्वाचन लड्न चाहनेहरूले देशका ७ सय ५३ पालिकामध्ये आफ्नो पालिकामा आजदेखि उम्मेदवारी दिन सक्नेछन् । निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।

सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमार्फत बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिनमात्रै रहने गरेको थियो ।

तर मनोनयनपत्र दर्ता गर्दा उम्मेदवार र निर्वाचन कार्यालय दुबैलाई चाप धेरै पर्न गएको अनुभवका आधारमा यसपटक दुई दिन उम्मेदवारी दर्ताको समय राखिएको सहसचिव एवंम् निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट