भरतपुर, ११ वैशाख ।
युवा स्रस्टा कवि सुप्रदीप्ति भण्डारी सम्मानित भएकी छन् । साहित्य सङ्गम चितवनले ‘गणेश-लक्ष्मी-खड्गनारायण स्मृति पुरस्कार२०७९´ बाट भण्डारीलाई सम्मान गरेको हो ।
शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि भाषाविद् डा चूडामणि बन्धुले नगद १५१११ रुपैयाँसहित सम्मानपत्रले भण्डारीलाई सम्मान गरेका हुन् ।
पुरस्कार संस्थापक रामहरि श्रेष्ठले आफ्ना अभिभावकको नाममा यो पुरस्कार स्थापना गरेका हुन् ।
कवि बिपिन पाठकले सहजीकरण गरेको कार्यक्रमका
सभापति साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी थिए ।





