भरतपुर महानगरको प्रमुखमा ११ जनाको उमेद्वारी

भरतपुर,११ वैशाख ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मनोनयनको पहिलो दिन आइतबार भरतपुर महानगरको मेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

ती उम्मेद्वारहरुमध्ये ६ जना राजनीतिक दलबाट र ५ जनाले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले महानगरको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाइजेसनबाट टेकबहादुर पुन, नेकपा मालेबाट सूर्यप्रसाद रेग्मी, मौलिक जरोकिलो पार्टीबाट बिनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बास्तोलाले उमेद्वारी गराएका हुन् ।

स्वतन्त्रतर्फबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल, हरिश्चन्द्र घिमिरे र रामकृष्ण ओझाले पनि उम्मेद्वारी दर्ता गराएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल, नेकपा एमालेका विजय सुवेदीले भने सोमबार मात्रै उमेद्वारी दर्ता गर्ने कार्यक्रम छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट