राप्रपाले पत्रकार गिरिश गिरीलाई वीरगञ्ज मेयरको उम्मेदवार बनाउने

भरतपुर, ११ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्जको मेयरमा पत्रकार तथा लेखक गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।

पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल मेयर पदको उमेदवार तय भएको उनले बताए ।

गिरी संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ र वीरगन्जेली परिवेशको ‘वीरगञ्ज’ पुस्तकका लेखक हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट