भरतपुरको मेयरमा कांग्रेसका पाण्डेद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

भरतपुर,११ वैशाख ।
भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहितजङ पाण्डेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धन दलको तर्फबाट भरतपुरको मेयर माओवादीलाई दिएकोमा असन्तुष्ट बनेका उनले आइतबार दिउँसो मूख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पाण्डे कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवं नेपाल तरुण दल चितवनका सह–सचिव हुन् ।

उम्मेद्वारी दिँदै पाण्डेले भरतपुर काँग्रेसको गण हुँदाहुँदै गठबन्धनबाट भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गलत भएको बताए । ‘केन्द्रले भरतपुरमा गरेको निर्णय गलत छ । पार्टीको सबै विधीविधान थाहा हुँदाहुँदै नै उम्मेद्वारी दर्ता गराएको हुँ । पार्टीले कारबाही गरे पनि भोग्न तयार छु’ उनले भने ।

केन्द्रीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रकी रेनु दाहाललाई दिने निर्णय गरेपछि पार्टीको अर्को असन्तुष्ट समूहले पूर्व सांसद जगन्नाथ पौडेललाई पनि स्वतन्त्र उम्मेदवार उठाउने घोषण गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट