गैंडाकोट, ११ वैशाख ।
शनिवार एक कार्यक्रमका बीच सूर्यभक्त पतनादेवी मेमोरियल (एसपिएएम) कलेज गैँडाकोटले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कलेजको प्रजातन्त्रवादी प्राध्यापक संघ सभापति गोविन्द रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् कलेजका संरक्षक मदनभक्त अधिकारीले कलेजले गरेको प्रगतिको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपसभापति एवम् वाग्मती प्रदेश संयोजक विष्णुप्रसाद गौतम, उपसभापति अनन्त ढुंगानाले शुभकामना मन्तव्य राखेका थिए । विपी चिन्तन प्रतिष्ठानका चितवनका अध्यक्ष एवम् त्रिवि प्राध्यापक संघका प्रतिनिधि डा. एकनारायण पौडेलको विशेष मन्तव्य रहेको सो कार्यक्रममा एसपीएम कलेजका व्यवस्थापन समिति अध्यक्ष महेन्द्रभक्त अधिकारी, प्राचार्य दीपेन्द्र पौडेल, प्रजातन्त्रवादी प्राध्यापक संघका निवर्तमान सभापति विनोदकुमार अधिकारी, जनक कलेज प्रजातन्त्रवादी प्राध्यापक संघ सभापति ध्रुवकुमार पराजुली, मुकुन्दसेन कलेजका सभापति कृष्ण आचार्य, जनमुखी कलेजका सभापति रामजी आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव कमल घिमिरेले गरेका थिए भने कार्यक्रममा संघका उपसभापति गणेश श्रमणले स्वागत मन्तव्य राखेका थिए ।





