भरतपुर,११ वैशाख ।
विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो ।
भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन् । भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन् ।
भरतपुरका मेयर उम्मेदवार २८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन् । यसैगरी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यससम्बन्धी कार्यक्रममा संलग्न हुँदै आएकी छन्।





