चितवनका पालिकामा एमालेले टुङ्गो लगायो उम्मेदवार

भरतपुर,११ वैशाख ।

चितवनका सात पालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । भरतपुरको मेयर पहिल्यै नि बिजय सुवेदीलाई उठाउने निर्णय भइसकेको अवस्थामा अन्य ६ पालिकाको उम्मेदवार पनि एमालेले आज टुङ्गो लगाएको हो ।

भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको एमाले चितवनका सचिव प्रकाश ढुङ्गानाले जानकारी दिए । भरतपुर महानगरको उपप्रमुख र माडी नगरपालिकाको उपप्रमुखमा राप्रपासँग तालमेलको लागि छलफल भइरहेको उनले बताए ।

जिल्ला सचिव ढुङ्गानाका रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक, कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा, राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक, खैरहनीको मेयरमा लालमणि चौधरी र उपमेयरमा कविता उप्रेतीलाई उठाउने निर्णय गरिएको छ ।
यसैगरी माडीको मेयरमा ताराकाजी कुमारी महतो र इच्छाकामनाको प्रमुखमा दानबहादुर गुरुङ र उपप्रमुख माया सिलवाललाई चयन गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट