काठमाडौँ, २४ पुस ।
वसन्त थापा र शान्तीश्री परियारको स्वरमा अरे भैया बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युब च्यालनमार्फत गत आइतबार सार्वजनिक भएको हो । गीतमा शब्द र संगीत पनि गायक थापाकै रहेको छ ।
भिडियो निर्देशक सुनिल क्षेत्री र नायिका केकी अधिकारीको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :