बिते वर्ष धेरै भयाे वृद्ध बेला,
बसे हात पाऊ कती बाँचिएला ।
फुले केश मेरा झरे दाँत सारा,
नसुन्ने भएँ कान गर्छु इसारा ।।
बढ्यो श्वास औधी दुखे धेर आँखा,
म राेगी भएँ भत्भती पाेल्छ छाला ।
दुई गाँस खाँदैछुु काे पस्किदेला,
न छाेराे न पत्नी बुहारी छ मेलाँ ।।
भई पत्नी स्वर्गे बुहारी छ लन्डन,
दुई नाति अष्ट्रेलिया पुत्र जापान ।
भएँ भूमिकाे भार के गर्न सक्छु,
न ता साथमै क्यै गरी जान सक्छु ।।
न ता काेहि आएर हेर्चाह गर्छन् ,
बगेका दुवै अश्रुधारा न पुस्छन् ।
न ता वृद्ध आश्रम् भयाे क्यै सहारा,
न छाेराे, बुहारी छु लौ बेसहारा ।।
न ताताे न न्यानाे न स्वादिष्ट मिठो
न सातु न सामल् न ता मिल्छ पीठाे ।
न बाँचू हुँदा काल हेर्दैन आज,
म बाचुँ हरे ! कष्टले छु तनाव ।।
न थामिन्छ आँसु न थिग्रिन्छ सास,
मना धेर पीडा, छु सारै निराश ।
हरे राम ! के याे बेहाेर्दैछु मैले,
छुटाऊ प्रभू प्राण सङ्कट तिमीले ।।
(कवि न्यौपाने काठमाडौं निवासी हुनुहुन्छ ।)