भरतपुर, ३० वैशाख ।
कविडाँडा साहित्य समाज चितवनको २१ औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिने पुरस्कारहरू सार्वजनिक गरिएको छ ।
शनिबार बसेको बैठकले वार्षिकोत्सव समारोहमा प्रदान गरिने पुरस्कारहरु सार्वजनिक गरिएको कार्यबाहक अध्यक्ष सीताराम कोइरालाले जानकारी दिए ।
कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले उक्त पुरस्कारको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका छन् । जस अन्तर्गत कविडाँडा देवखिना स्मृति पुरस्कार २०८१ कवि लेखक खनाल रेवतीरमणलाई दिइने भएको छ ।
त्यसैगरी कविडाँडा वाङमयी युवा प्रतिभा पुरस्कार २०८१ आख्यानकार सिम्रन क्षेत्रीलाई प्रदान गरिनेछ भने कविडाँडा अविनाशी कृति पुरस्कार २०८० – `कमिलाको प्वाँख´ कवितासङ्ग्रहका लागि कवि प्रकाश चापागाईंलाई दिइने उल्लेख गरिएको छ ।
यी तीन वटै पुरस्कार आगामी जेठ ६ गते कविडाँडा साहित्य समाजको २१ औँ वार्षिकोत्सवका अवसरमा भरतपुरमा कार्यक्रम आयोजना गरी प्रदान गरिने समाजका सचिव लेखराम सापकोटाले जानकारी दिए ।