गैंडाकोट, २९ वैशाख ।
नियात्राकार निर्मोही व्यासको पुस्तक आवारा बादलमाथि चर्चा गरिएको छ ।
ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको आयोजनामा शनिबार गैंडाकोटमा उक्त कृतिमाथि चर्चा गरिएको हो । पुस्तकमाथि समीक्षक कपिल अज्ञात र पूर्णप्रसाद अधिकारीले टिप्पणी राखेका थिए । कार्यक्रममा प्राध्यापक माधव चालिसेले स्वस्ती वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, धनराज गिरि, तिलकराज शर्मा, इन्द्रराज पौडेल, रमेशमोहन अधिकारीलगायतको उपस्थिति थियो ।
निर्मोहीको `आवारा बादल´माथि गैंडाकोटमा परिचर्चा
निर्मोहीको `आवारा बादल´माथि गैंडाकोटमा परिचर्चा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस