गैंडाकोट, ३० वैशाख ।
लमजुङ गैंडाकोट सम्पर्क समाजले लोक गायक अमरविरही गुरुङको `खोली रसायो…´ लोकगीतलाई गृह सार्वजनिक गरेको छ ।
लमजुङ गैंडाकोट सम्पर्क समाजका अध्यक्ष लक्ष्मीप्रसाद सोतीको अध्यक्षतामा भएको कार्यक्रममा लोकगीत प्रतिष्ठाका संस्थापक अध्यक्ष एवम् लोकगायक अमरविरही गुरुङले आफ्नो आवाजमा गीत प्रस्तुत गर्दै गृह विमोचन गरेका थिए । सोही अवसरमा समाजले नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन गर्दै शुभकामना आदान-प्रदान तथा थातथलो लमजुङ जिल्लाको चर्चा समेत गराएको थियो ।
लमजुङबाट गैंडाकोट बसाइ सरेर आएका लमजुङेहरुको समाजिक संस्था सम्पर्क समाजले सामाजिक कार्यहरु गर्न सदैव अग्रसर हुनुपर्ने समजका सल्लाहकार एवम् कार्यक्रमका अतिथि प्रेमबहादुर भुजेलले आफ्नो मन्तव्यमा बताएका थिए ।
समाजको सदस्यता विस्तार, सम्पर्क डायरी, सामाजिक सेवा र सामाजिक एकताको उद्देश्यसहित अबका दिनमा समाज अघि बढ्ने अध्यक्ष सोतीले जानकारी दिए ।
लक्ष्मीप्रसाद दवाडी, दीपक रावत, दुर्गादेवी कोइराला, पदमप्रसाद घिमिरे, विनोद थापा, कुमार अधिकारीलगायत अतिथि रहेको कार्यक्रमलाई समाजका सचिव रामकृष्ण कोइरालाले सहजीकरण गरेका थिए ।