भरतपुर, २५ असोज ।
भरतपुर युवाको लगानीमा नारायणगढमा ‘गोल्ड स्टार सुज’ पसल सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बिहीबार एक औपचारिक कार्यक्रममा पसलको उद्घाटन गरे । सोलमेट ट्रेडिङले भित्राएको नेपाली जुत्ताको चर्चित ब्राण्ड गोल्ड स्टार जुत्ताको व्यवसाय विस्तार गर्ने क्रममा नयाँ पसल सञ्चालनमा आएको हो ।
लायन्सचोक स्थित टाउन सेन्टरमा गोल्ड स्टार ब्राण्डको आधिकारिक बिक्रेताका रुपमा सो पसल सञ्चालनमा आएको हो । पसल सञ्चालक विदुर पौडेलले दशै तिहार अफर अन्र्तगत १० प्रतिशतसम्म छुट दिइने बताए । महिला, पुरुष दुबैलाई आवश्यक विभिन्न मोडेका जुत्ता बिक्रिका लागि राखिएका छन् ।
नारायणगढमा खुल्यो गोल्ड स्टार जुत्ता पसल
नारायणगढमा खुल्यो गोल्ड स्टार जुत्ता पसल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस