भरतपुर, ६ जेठ ।
रामबाग टोल विकास संस्थाको साधारणसभामा काव्यभूमिका कविहरूले कविता सुनाएका छन् । राजकुमार रानाभाटको अध्यक्षता र ज्येष्ठ सदस्य भूमिनाथ पौडेल (कारिम्ले कान्छा) को प्रमुख आतिथ्यमा शनिबार गरिएको सभामा अर्जुन अस्तफल, गणेश श्रमण, सुरेन्द्र अस्तफल, नवराज ढुङ्गाना र रामकृष्ण अनायासलाई काव्यभूमि सम्मान अर्पण गरिएको थियो ।
आफ्नै आँगनमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रममा ७५ वर्ष पूरा गर्नुभएका बुवाआमाको सम्मान गरिएको थियो भने एसइईमा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।