कपिल सर, तपाईंका गजलमा मतला र मकता कसरी चिन्ने ?

आरम्भमा केही बाहिरी कुरा तपाईंले कपिल अज्ञातको नयाँ गजल कृति ‘मनको तराना’ पढ्नुभयो ? यदि पढ्नुभयो भने त्यसका बारेमा केही कुरा गरौँ है ? कृतिका बारेमा कुरा गर्दा सधैँ औपचारिक कुरा मात्र कति गर्नु है ? यो आलेख सुरु गर्नुअघि अनौपचारिक खालको एउटा संवाद राख्छु ल : रमेशकुमार पौडेल : यी गजलका सेरहरु त कति […]

लेखरामजी, के भरतपुरमा ‘चौतारो चिन्तन’ सम्भव छ ?

सुरुमा भरतपुर महानगरका चौतारोका कुरा लेखरामजी, यतिबेला तपाईले भरतपुर महानगरमा कतिवटा चौतारो भेट्नुभएको छ ? चनौली बजारको बिचमा भएको चौतारोलाई त सम्झनुभयो नि हैन ? अनि वीरेन्द्र बहुमुखी क्याम्पस अगाडिको चौतारो कत्तिको याद आउँछ नि ? कि बिर्सनुभयो ? भरतपुर महानगर बनेपछि बाटो विस्तारका क्रममा सबैभन्दा ठूलो मर्का केलाई पर्‍यो ? भनेर सोधियो भने तपाई […]

समग्र थारु जातिको चिनारी र चितवनमा बसोबासको सन्दर्भ

सुरुमा चितवनको चर्चा यतिबेला मेरो हातमा आफ्नो समयमा निकै चर्चित सामाजिक शिक्षक भजुमनराम महतोको “थारु जातिको सङ्क्षिप्त इतिहास र संस्कृति” नामक पुस्तक छ । माडी प्रज्ञाप्रतिष्ठानका उपाध्यक्ष सीएम् अपिल चितौनेको आग्रहमा यसका बारेमा केही लेख्नु छ । यसका बारेमा लेख्नुअघि चितवनको बारेमा छोटो चर्चा गर्नु उपयुक्त होला, हैन त ? हो, चितवन चिनाउनका लागि भनेरै […]

बालेनको बालहठ र बिग्रँदो नेपालको भविष्य

समय सममयमा भएका आन्दोलनको प्राप्ति पाठकवृन्द, यहाँले आन्दोलनका बारेमा सुन्नुभएकै छ । संसारमा थुप्रै खालका आन्दोलनहरु हुन्छन्, ती सबै आन्दोलनको लक्ष्य सत्ता परिवर्तन नै हुन्छ भन्ने छैन । केही समयअघि नेपालमा भएको शिक्षक आन्दोलन त्यस्तै खालको थियो । त्यसो त भारतमा भएको ‘चिप्को आन्दोलन’का बारेमा सुन्नुभएको छैन भने गुगलमा गएर हेर्नुहोला । नेपालमा पनि समय […]

नेपालमा जेन्जी आन्दोलन र मार्क्सवादीको भागाभाग

पाठकवृन्द, मैले आजका मितिसम्म सबैभन्दा उच्च धुरी मानेको विचार मार्क्सवाद हो । म यसलाई वैज्ञानिक सिद्धान्त मान्छु, साँच्चै त्यो के यतिबेला यो वैज्ञानिक सिद्धान्त बन्न सकेको छ त ? हुन त म बुद्धलाई पनि त्यतिकै मान्छु । उनी हरेक कुरालाई संशय गर्न सिकाउँछन् । “पहिला प्रश्न गर, अनि त्यसको सही जवाफ पाएपछि मात्र विश्वास गर […]

देब्रेहाते कविका समयबोधी कवितालाई देब्रै हातकै सलाम छ !

आरम्भमा विपिन पाठकका कुरा भाववकगण, म शिक्षण पेसामा हामफालेको एकतीस वर्ष पूरा भइसक्यो, यो भनेको छोटो अवधि होइन । यति लामो समय शिक्षक भएर बिताएको भए पनि गुरु बन्ने ल्याकत आजसम्म राखिनँ भन्ने लाग्छ । गुरु त्यसै बन्न नसकिँदो रहेछ । गुरु बन्न त स्वयम् प्रकाशवान् हुनुपर्ने रहेछ । हातमा बत्ती बालेर हिँड्ने मान्छे गुरु […]

`उत्सव’ उपन्यासका लेखक राधा पौडेललाई चिठी

भरतपुर, चितवन २०८२ साउने सङ्क्रान्ति प्रिय मित्र राधा, अनन्त सम्झना । म यता चितवनमा ठिकठाक छु, अनि तिमी काठमाडौँतिर कस्ती छौ नि ? हाम्रो प्रत्यक्ष घेटघाट नभएको पनि दुई वर्ष जति भयो होला है ? यसबीचमा मैले तिम्रा ‘मारियम मान्छे भई’ र ‘उत्सव’ उपन्यास पढेर सकेँ । तिम्रा फेसबुक स्टाटस त दिनहुँ हेर्दै आएको छु […]

चितवनको गजलयात्रा, पुस्ता विभाजन र एकै मञ्चमा तीन पुस्ता

(यो आलेख गजल मञ्च चितवनद्वारा आयोजित गजल उत्सव, २०८२ मा विमोचित तीन कृतिहरुको टिप्पणी प्रस्तुत गर्ने क्रममा मिति २०८२ साल असार २१ गते शनिबार चितवन मा.वि.मा प्रस्तुत गरिएको थियो ।) सुरुमा अलिकति गजलका कुरा भावकगण, यहाँले जीवनमा पहिलो गजल कहिले पढ्नुभयो ? अनि पहिलो गजलचाहिँ कहिले र कुन सुन्नुभयो ? हिन्दीका जगजीत सिँह, चित्रा सिँह, […]

कवि तीर्थ श्रेष्ठलाई चिठी

आषाढस्य प्रथम दिवसे, २०८२ भरतपुर, चितवन । आदरणीय कवि तीर्थ श्रेष्ठमा, एउटा जबरदस्त पाठकको नमस्कार । यता चितवनतिर म ठिक छु, अरुको बारेमा मलाई थाहा छैन । उता पोखरातिरचाहिँ यहाँलाई कस्तो छ कुन्नि ? आफ्नो स्वास्थ्यको बारेमा ख्याल राख्नुहोला है । भनिराख्नु नपर्ला, म यहाँको कविताको जबरदस्त पाठक हुँ । सुरुमा मलाई यहाँको ‘लाहुरे फूल […]

कस्तो छ त राजन पौडेलको मुक्तकसङ्ग्रह ‘अनिदो मन’ ?

`अनिदो मन’का मुक्तकमा के छ ? पाठकवृन्द, ‘अनिदो मन’ राजन पौडेलको पहिलो एकल कृति हो भने यसको प्रकाशन उनकै धर्मपत्नी वन्दना पौडेलले गरेकी हुन् । सुरुमा यो कृतिको बाहिरी सौन्दर्यको कुरा गरौँ है । हरेक पृष्ठमा दुई दुईवटा मुक्तक राखी डिमाइ साइजका कूल १२५ पृष्ठमा जम्मा २३० वटा मुक्तकहरु समेटी यो कृति तयार भएको छ […]