लेखक चौधरीको विद्यालयमा `टुवरा´ विमर्श

भरतपुर, २९ माघ । अमर मावि पदमपोखरी, भरतपुर २२ मा २०७९ माघ १५ गते विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको थियोे । माघ मसान्तमा उक्त समारोहको समीक्षा गर्ने क्रममा सोही विद्यालयका शिक्षक एवम् लेखक मनोज चौधरीको `टुवरा´ उपन्यासको विमर्श गरिएको छ । चौधरीको यसअघि `टुकी´ उपन्यास प्रकाशन भएको थियो । […]

नेपाली कांग्रेसबाट कसले पाउला टिकट ?

भरतपुर, २८ माघ निर्वाचन आयोगले चितवन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेपछि जिल्लामा सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा सुरु भएको छ । गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवन क्षेत्र नं. २ मा यसपटक कांग्रेसबाट अहिलेसम्म ३ जना आकांक्षी देखिएका छन् । गत निर्वाचनमा पराजित कांग्रेस उम्मेदवार […]

महायज्ञबाट ४० लाख रुपैयाँ संकलन

भरतपुर, २९ माघ श्रीराम मन्दिरमा आयोजना गरिएको महायज्ञबाट ४० लाख रुपैयाँ संकलन भएको छ । भरतपुर ५, कल्याणपुरमा रहेको श्रीराम मन्दिरमा सत्तलसहितको भौतिक पूर्वाधार निर्माणका लागि २३ माघ देखि श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ २०७९ आयोजना गरिएको थियो । ७ दिनसम्म आयोजना गरिएको महायज्ञमा स्थानीय जयकुमारी आचार्यले ५ लाख ५ सय ५१ रुपैयाँ सहयोग गर्दै महायज्ञमा सबैभन्दा धेरै […]

यस्तो छ चितवन-२ मा हुने उपनिर्वाचनको कार्यतालिका

भरतपुर, २९ माघ । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले रिक्त एक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए । गत मंसिर ४ मा भएको निर्वाचनमा यस […]

‘एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’को मुख्य प्रायोजक एसवन होम्स

भरतपुर, २९ माघ । `एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजकका रुपमा एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको […]

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको समापन

भरतपुर, २९ माघ । भरतपुरमा जारी नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी अवलोकन गर्ने दर्शकहरुको उत्साहजनक भीडसहित सकिएको छ । माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सुरु भएको कृषिसँगसम्बन्धी बृहत् पाँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी अवधिभर चितवन, नवलपुर, धादिङ, मकवानपुरलगायतका अवलोकनकर्ताहरुको भीड लागेको थियो । कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरुको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरुप कार्य पूरा […]

अनेरास्ववियुको सचिवमा नवलपुरका न्यौपानेको उम्मेदवारी घोषणा

कावासोती, २९ माघ । विद्यार्थी नेता सागर न्यौपानेले एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर इन्चार्ज समेत रहेका न्यौपानेले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन लागेको २३ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पृथक र परिष्कृत विद्यार्थी […]

फागुन १ गते सार्वजनिक बिदा

भरतपुर, २९ माघ । सरकारले भोलि सोमबार (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ । माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा […]

चितवन २ मा उपनिर्वाचन वैशाख १० गते

भरतपुर, २९ माघ । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए । गत मंसिर ४ मा भएको निर्वाचनमा यस […]

लिटिल फ्लावरले जित्यो अर्किड एङ्करिङ स्टारको अवार्ड

भरतपुर, २९ माघ । इन्टर स्कुल अर्किड एङ्करिङ स्टारको अवार्ड लिटिल फ्लावरले जितेको छ । अर्किड स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा लिटिल फ्लावर स्कुलका स्लेस्ता आचार्य र अविशा अर्यालको समूहले उपाधि जितेको हो । यस्तै फष्ट रनरअफको उपाधि ग्रीनल्याण्ड स्कुलका विदुषि कार्की र सुप्रिम पौडेलले जितेका छन् । यस्तै सेकेण्ड रनरअपको उपाधि […]

अनेरास्ववियुको महाधिवेशन फागुन २ गतेदेखि

काठमाडौं, २९ माघ । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले आफ्नो २३औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

चिकित्सकलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

भरतपुर, २९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलन फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गरी संघलाई  आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरेका छन् । विज्ञप्तिमा उल्लेख छ, “स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा […]

देशभर पश्चिमी वायुकाे प्रभाव, पश्चिम तराईमा हुरीबतास चल्ने

भरतपुर, २९ माघ । यतिबेला देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको माैसमविद्ले बताएका छन् । आज दिउँसाे देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया […]

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

काठमाडौं, २९ माघ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शना चयन भएकी छन् । पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए । उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र […]

जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ : शशांक कोइराला

गैंडाकोट, २९ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन् । शनिबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै नेता कोइरालाले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए । नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए। उनले […]

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, २९ माघ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजबाट प्रारम्भ हुन लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन […]

राप्ती उद्योग वाणिज्य संघमा कँडेल नेतृत्वको प्यानल नै विजयी

राप्ती, २९ माघ । राप्ती उद्योग वाणिज्य संघको निर्वाचनमा राजकुमार कँडेल नेतृत्वको प्यानल नै विजयी भएको छ । शनिबार भएको निर्वाचनमा राजकुमार कँडेल पुन: अध्यक्षमा चयन भएका छन् । संघको दोश्रो अधिवेशन अन्तर्गत कँडेल नेतृत्वको समूह र मार्कण्डे गौतम नेतृत्वको प्रगतिशील समुह प्यानल बनाएर निर्वाचनमा होमिएको थियो । कँडेललाई एमाले र काँग्रेसको साथ थियो भने […]