काठमाडौं, २९ माघ ।
नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले आफ्नो २३औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा गर्ने जानकारी दिएको हो ।





