लिटिल फ्लावरले जित्यो अर्किड एङ्करिङ स्टारको अवार्ड

भरतपुर, २९ माघ ।
इन्टर स्कुल अर्किड एङ्करिङ स्टारको अवार्ड लिटिल फ्लावरले जितेको छ । अर्किड स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा लिटिल फ्लावर स्कुलका स्लेस्ता आचार्य र अविशा अर्यालको समूहले उपाधि जितेको हो ।

यस्तै फष्ट रनरअफको उपाधि ग्रीनल्याण्ड स्कुलका विदुषि कार्की र सुप्रिम पौडेलले जितेका छन् । यस्तै सेकेण्ड रनरअपको उपाधि सृजना बोर्डिङ स्कुलका प्रार्थना राना र एनिष सिञ्जाली मगरले जितेका छन् । प्रतियोगिताको निर्णायकका रुपमा चितवनका चर्चित अन्तर्वार्ताकारहरु राजु सापकोटा र विप्लव काफ्ले रहेका थिए ।

कार्यक्रम संयोजक मनोज पन्तले प्रतियोगीहरुले अन्तर्वार्ता शैलीमा आफ्नो बोल्ने कला प्रस्तुत गरेको बताए । अर्किड स्कुलका प्राचार्य डाक्टर खेम आचार्यले एङ्करिङ स्टार प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गरेको बताए । विद्यार्थीहरुले विभिन्न विधाका अन्तर्वार्ता शैलीमा प्रतियोगितामा सहभागी बनेका थिए । विजेताहरुलाई शिल्ड सहितको पुरस्कार प्रदान गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट