चितवन २ मा उपनिर्वाचन वैशाख १० गते

भरतपुर, २९ माघ ।
चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो। त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट