प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, २९ माघ ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ ।

गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजबाट प्रारम्भ हुन लागेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९-८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट