यस्तो छ चितवन-२ मा हुने उपनिर्वाचनको कार्यतालिका

भरतपुर, २९ माघ ।

चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले रिक्त एक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो । त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो ।

आयोगका अनुसार वैशाख १० गते हुने चुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । चैत २१ गते उम्मेदवारबारे दाबी विरोध गर्न पाइनेछ । त्यस्ता दाबी विरोधमाथि अनुसन्धान गरी निर्णय दिने दिन २२ गतेलाई तोकिएको छ ।

२३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट