भरतपुर, २९ माघ ।
`एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजकका रुपमा एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो ।
लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको विकास, प्रबर्द्धन तथा कलाकारहरुको प्रोत्साहनका लागि लक्की मिडिया हाउस निरन्तर क्रियाशील छ ।
एसवन होम्सका निर्देशक शिव ढकालले सिने क्षेत्रको प्रर्वद्धन गर्न हातेमालो गर्न पाएकोमा खुशी लागेको बताए ।
लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले मोफसुल टुरको पूर्वसन्ध्यामा सामाजिक कामहरुलाई निरन्तरता दिने जनाए । उनका अनुसार देवघाटमा रहेका वृद्धाश्रममा आश्रित जेष्ठनागरिकहरुलाई सहयोग गर्ने तयारी भएको छ । जेष्ठ नागरिकहरुबाट आशीर्वाद लिएर अवार्डको मोफसल टुर सुरु हुने बताए ।




