राप्ती, २९ माघ ।
राप्ती उद्योग वाणिज्य संघको निर्वाचनमा राजकुमार कँडेल नेतृत्वको प्यानल नै विजयी भएको छ । शनिबार भएको निर्वाचनमा राजकुमार कँडेल पुन: अध्यक्षमा चयन भएका छन् । संघको दोश्रो अधिवेशन अन्तर्गत कँडेल नेतृत्वको समूह र मार्कण्डे गौतम नेतृत्वको प्रगतिशील समुह प्यानल बनाएर निर्वाचनमा होमिएको थियो । कँडेललाई एमाले र काँग्रेसको साथ थियो भने गौतमलाई माओवादी, राप्रपा र रास्वपाको समर्थन थियो ।
कँडेलले ३२२ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहतर्फका मार्कण्डे गौतमले १७५ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा ३१२ मत सहित ओमप्रसाद डल्लाकोटी विजयी भए । उनका प्रतिद्वन्दी दिनेश सेढाईँले १९६ मत प्राप्त गरे । संघको प्रथम उपाध्यक्षमा ३३० मत सहित प्रतिभा पाण्डे विजयी भइन् । हरिबहादुर ओझाले १६७ मत मात्र प्राप्त गरे ।
यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा ३४० लोकप्रिय मत सहित इन्द्रप्रसाद पाठक (सन्तोष ) विजयी भए । राजन चौलागाईंले १६० मत प्राप्त गरे । उद्योगतर्फका उपाध्यक्षमा रोहित बहादुर घिमिरे (प्रकाश) विजयी भए । उनले २६९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी परशुराम पाठकले २३० मत प्राप्त गरे ।
सचिवमा ३०३ मत सहित ईश्वर तिमिल्सिना विजयी भए । लोकराज पाण्डेले १८८ मत प्राप्त गरे । २९६ मत सहित महिला सदस्यमा पुस्पा कुँवर विजयी भइन् । गीता उप्रेती बर्तौलाले १७२ मत प्राप्त गरिन् । उद्योगतर्फ सदस्यहरुमा रामहरि उप्रेती, कोषराज डल्लाकोटी र दीपा सुवेदी पाठक विजयी भएका छन् । यस्तै वाणिज्यतर्फ निराज भेटवाल, दिपेन्द्रराज अधिकारी, पुष्पराज अधिकारी, काशीराम पुन, भुवनराज रुवाली र प्रकाशकुमार सेढाई विजयी भएका छन् ।
५४२ मतदाता आवद्ध भएको संघको निर्वाचनमा ५२६ मत खसेको थियो । कुल ९ मत पूर्ण बदर भएको थियो ।




